रविलाई मकैको खोया हान्ने रानाभाटलाई १० दिनको म्याद थप
पाेखरा | पुस ८, २०८०
पोखरा: पोखरा रास्वपाका सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई कास्की प्रहरीले थप १० दिन हिरासतमा राख्ने अनुमति पाएको छ ।
अनुसन्धानका लागि लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप भएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक श्रवण कुमार बिकले जानकारी दिए ।
कास्की प्रहरीका अनुसार रानाभाटमाथि सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान भइरहेको छ ।
रानाभाटले शनिबार पोखराको अमरसिंहचौरको सभालाई सम्बोधन गरिरहेको बेला रविलाई मकैको खोया प्रहार गरेका थिए ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

